यस नियमावलीको अन्य नियमहरूमा जुनसुकै कुरा लेखिएको भए तापनि चालू सञ्चालन खर्च वा पूँजिगत खर्चमा देहाय बमोजिमका
खर्चहरू समावेश गरिने छैनः–
(क) देहायको बन्देज नघाई गरेको खर्चहरूः
(१) पेट्रोलियम उद्योगले प्रत्यक्ष रूपले सम्पन्न गरेको कार्यको खर्च वास्तविक खर्चभन्दा बढी हुनु हुँदैन, साथै त्यस्तो खर्च त्यस्तै
कामको लागि असम्बद्ध तेस्रो पक्षले लिने प्रतिस्पर्धात्मक दरभन्दा बढी हुनु हुँदैन ।
(२) नेपालभित्र गरेको शीषर््ास्थ खर्च वास्तविक खर्चभन्दा बढी हुनु हुँदैन ।
(३) पेट्रोलियम उद्योगले (र पेट्रोलियम उद्योगसित सम्बद्ध सबै निकायले) नेपाल बाहिर गरेको शीर्षस्थ खर्च नेपाल सरकारले
अग्रिम स्वीकृत गरेको वार्षिक रकमभन्दा बढी हुनु हुँदैन ।
त्यस्तो रकम कुनै पनि हालतमा देहायको हदभन्दा बढी हुने छैनः–
नेपाल बाहिर गरेको शीर्षस्थ खर्च बाहेक शीर्षस्थ खर्चको
वार्षिक खर्चको खण्ड हद
१०,००,००० डरलसम्म – ५ प्रतिशत
१०,००,००० देखि ५०,००,००० डलरसम्म – ३ प्रतिशत
५०,००,००० देखि २,००,००,००० डलरसम्म – १ प्रतिशत
२,००,००,००० डलरभन्दा माथि –०.२५ प्रतिशत
(४) मालसामान र कटकेन्दारहरूको सेवाको लागि गरेको खर्च वास्तविक खर्चभन्दा बढी हुनु हुदैन साथै त्यस्तै मालसामान र
सेवाको लागि करार गरेको समयमा असम्बद्ध तेस्रो पक्षले लिने प्रतिस्पर्धात्मक दरभन्दा बढी हुनु हुँदैन ।
(५) मालसामान, उपकरण र अन्य सामग्री प्राप्त गर्न वा वहालमा लिन र सुविधाहरूको निर्माण गर्न गरेको खर्च वास्तविक खर्च
भन्दा बढी हुनु हुँदैन र त्यस्तै सामानहरूको निर्माण खर्च बहाल र प्रतिस्पर्धात्मक मूल्य भन्दा बढी हुनु हुँदैन साथै त्यस्तो खर्चमा कुनै मार्क अप वा पेट्रोलियम उद्योग वा त्यसको कुनै सम्बद्ध कम्पनीहरूले प्राप्त गरेको कमिशन समावेश हुनु हुँदैन ।
(६) ऋण तथा जमानतको व्याज, शुल्क र कमिशनको दर नजिकको असम्बद्ध तेस्रो पक्षसँगको कारोवारमा प्रचलित
प्रतिस्पर्धात्मक दरभन्दा बढी हुनु हुँदैन ।
(ख) पेट्रोलियम सम्झौता बमोजिम करार क्षेत्रको पेट्रोलियम कार्यसित प्रत्यक्ष रूपले सम्बन्धित नभएको खर्च ।
(ग) नेपालमा वा विदेशी मुलुकमा तिरेको आयकर वा दण्ड जरिवाना ।
(घ) नेपाल बाहिर पेट्रोलियम बिक्री गर्न गरेको खर्च र नेपालको निर्यात केन्द्र बाहिरको पेट्रोलियमको ढुवानी, सञ्चय, हाण्डलिङ्ग र निर्यात
खर्च ।
(ङ) पेट्रोलियम सम्झौता बमोजिम पेट्रोलियम खर्चको परिभाषाभित्र पर्ने तर नेपाल सरकारलाई दिएको पेट्रोलियम खर्चको विवरणमा समावेश नभएका सबै खर्चहरू ।
(च) बीमा वा बचावटको करारबाट असूल उपर भएको नोक्सानी ।
(छ) व्यक्तिगत खालका खर्च, उपहार वा दान दातव्य ।
(ज) पेट्रोलियम सम्झौता सम्पन्न हुनुभन्दा पहिले गरेको खर्च ।
(झ) डलर र नेपाली मुद्राको सटही दरको परिवर्तनबाट भएको विदेशी मुद्रा विनियमसम्बन्धी नोक्सानी बाहेक अन्य विदेशी मुद्रा विनिमयसम्बन्धी नोक्सानी ।
(ञ) नेपाल सरकारलाई तिरेको बोनस ।